कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित, थप ३ जनाको मृत्यु « Khabarhub

कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित, थप ३ जनाको मृत्यु


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीको प्रमुख श्रम गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रूप लिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ ।

यस अवधिमा ३ हजार ३८६ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ७२,८५ र ८९ बर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या पनि ६३० पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या ४२ हजार १४४ रहेको छ भने ५९२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सय ८२ जना कारबाहीमा

संक्रमण तीव्र रुपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीको दायरा बढाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ४ सय ८२ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ३ सय ६६ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेकोमा १ सय ८ जना र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ८ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी विरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : १५ बजे

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना