कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित, थप ३ जनाको मृत्यु « Khabarhub

कतारमा थपिए ३ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित, थप ३ जनाको मृत्यु


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नेपालीको प्रमुख श्रम गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमणले उग्र रूप लिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ३ हजार ८१६ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ३ हजार ५ सय १ समुदायभित्रकै संक्रमित हुन् भने ३ सय १५ विदेशबाट फर्केका यात्रु हुन् । योसँगै कतारमा संक्रमितको संख्या ३ लाख ७ हजार ५६ पुगेको छ ।

यस अवधिमा ३ हजार ३८६ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ६४ हजार २८२ पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा ७२,८५ र ८९ बर्षीय नागरिकको मृत्यु भएसँगै मृतकको संख्या पनि ६३० पुगेको मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या ४२ हजार १४४ रहेको छ भने ५९२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने ४ सय ८२ जना कारबाहीमा

संक्रमण तीव्र रुपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु विरुद्धको कारबाहीको दायरा बढाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ४ सय ८२ जनालाई कारबाही गरिएको जनाएको छ ।

जसअन्तर्गत मास्क नलगाएकोमा ३ सय ६६ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेकोमा १ सय ८ जना र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा ८ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी विरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  २ : १५ बजे

कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अफगानिस्तान हवाइ आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको दाबी

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर