दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य « Khabarhub

दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– दुर्गममा कोरोना संक्रमण दर उच्च देखिएको छ । ओखलढुंगामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थाले पनि स्थानीय तहको तयारी भने शून्य छ ।

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय सरकार र सरकारी निकायले विद्यालय बिदा दिने बाहेक अरू कुनै कदम चालेका छन् ।

गाउँका विद्यालय बन्द भए पनि सदरमुकाम र निजी क्षेत्रका विद्यालय भने सुचारु नै देखिएका छन् । यो हप्ता मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए ।

स्वास्थ्य सामग्री तथा औषधी व्यवस्थापन, संक्रमितको उपचारबारे समयमै ध्यान नदिए जिल्लामा भयावह अवस्था आउनसक्ने भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘सरकारी निकाले चासो नदिएको पाइएको छ । यसले भोलिका दिनमा निकै चुनौती हुन सक्छ,’ पैरवी सञ्जालका विएन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तह बढी सतर्क हुन जरुरी छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ४५ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित