दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य « Khabarhub

दुर्गममा कोरोना संक्रमण बढ्दै, तयारी शून्य


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– दुर्गममा कोरोना संक्रमण दर उच्च देखिएको छ । ओखलढुंगामा ओमिक्रोन भेरियन्टको संक्रमण फैलिन थाले पनि स्थानीय तहको तयारी भने शून्य छ ।

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीसमेत नहुने गरेको उपभोक्ताको गुनासो छ । स्थानीय सरकार र सरकारी निकायले विद्यालय बिदा दिने बाहेक अरू कुनै कदम चालेका छन् ।

गाउँका विद्यालय बन्द भए पनि सदरमुकाम र निजी क्षेत्रका विद्यालय भने सुचारु नै देखिएका छन् । यो हप्ता मात्रै १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्पराज पन्तले बताए ।

स्वास्थ्य सामग्री तथा औषधी व्यवस्थापन, संक्रमितको उपचारबारे समयमै ध्यान नदिए जिल्लामा भयावह अवस्था आउनसक्ने भन्दै नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘सरकारी निकाले चासो नदिएको पाइएको छ । यसले भोलिका दिनमा निकै चुनौती हुन सक्छ,’ पैरवी सञ्जालका विएन श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तह बढी सतर्क हुन जरुरी छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ८ : ४५ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ