लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण « Khabarhub

लमजुङका ७५ प्रतिशत निजी घर पुनर्निर्माण


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएकामध्ये लमजुङका ७५ प्रतिशत निजी घरको पुनर्निर्माण गरिएको छ ।

उक्त जिल्लाका साढे १० हजार निजी घरको पुनर्निर्माण कार्य सम्पन्न भएको सहरी विकास तथा भवन निर्माण विभाग जिल्ला कार्यान्वयन इकाइ (भवन र आवास) ले जनाएको छ ।

जिल्ला कार्यान्वयन इकाइका अनुसार १५ हजार ५ सय ७७ लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जनाले आवास निर्माण पूरा गरी तेस्रो किस्ता बापतको अनुदान रकम बुझिसकेका छन् ।

जिल्लामा १५ हजार ५ सय ७७ निजी घर पूर्ण क्षति र ८ सय ९४ प्रवलीकरण लाभग्राही सूची थिए । १४ हजार ६ सय २७ लाभग्राहीले पहिलो किस्ता बापतको रकम लिएका छन् भने १२ हजार ४४ लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन् । त्यस्तै, ४ हजार १ सय ४३ घर निर्माणाधीन छन् ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङको दुधपोखरी गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको थियो । भूकम्पपछिको पुनर्निर्माणको लाभग्राही सूचीमा सूचीकृत भएका २४ जनाले अनुदान रकम फिर्ता गरेका छन् ।

भूकम्पले घर भत्किएर पुनर्निर्माणका लागि अनुदान रकम लिएकाले घर निर्माण नगरेपछि रकम फिर्ता गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : २७ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष