विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह « Khabarhub

विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह


५ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न अपिल गरेको छ ।

बुधबार काठमाडौँको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए । पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित बिए एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए ।

त्यसक्रममा एकजना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरूको पालना गर्न, गराउन र वैकल्पिक उपाय अपनाएर परीक्षा सञ्चालन गर्न आयोगले सरकार, विश्वविद्यालय र सबै निकायलाई आग्रह गरेको छ ।

सो घटनाबारे जानकारी पाएपछि आयोगको टोली अनुगमन गर्न समेत पुगेको प्रवक्ता डा.टीकाराम पोखरेलले बताए । त्यस्तै, आयोगमा उजुरी समेत परेको प्रवक्ता पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘अनुगमनका क्रममा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनको क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्न सक्ने भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बुझिएको छ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरूले हाल चलिरहेको परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्नुपर्ने माग राखेको अनुगमनबाट पाइएको छ । यस सम्बन्धमा आयोगमा निवेदन समेत प्राप्त भएको छ ।’

आयोगले जारी गरेको विज्ञप्ति पढ्नुहोस्

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  ७ : ०२ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग