कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै « Khabarhub

कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल घोषणा हुँदै


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमल थापाको नेतृत्वमा शनिबार राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले नयाँ पार्टी बनाएका हुन्।

प्रजातन्त्र दिवसको अवसर पारेर थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा पार्टी घोषणा सभा हुँदैछ।

सम्वद्र्धनवाद, सुशासन र समृद्धि नारासहित कमल थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्। उनको साथमा पूर्व राप्रपाका केही नेता खुलेर लागेका छन् भने केही नेता खुलेका छैनन्।

एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएपछि असन्तुष्ट भएका थापाले राजसंस्थाको एजेन्डा छोडेर हिन्दु राष्ट्रलाई मुल आधार बनाएर पार्टी घोषणा गर्न लागेका हुन्।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ६ : ३० बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत