एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार  « Khabarhub

एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार 


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ ।

रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिए ।

दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि हस्पिटलको शैयामा छटपटाउँदै उपचार गराइरहेकी उमालाई एनआरएनए कुवेत, त्यहाँस्थित नेपाली दूतावास र उनी कार्यरत कम्पनीका म्यानेजर होमनाथ गिरीको संयुक्त पहलमा बिहीबार नेपाल पठाइएको हो ।

उनलाई जीवन दिन नसके पनि एउटा सहाराको रूपमा एक व्हील चेयर सहयोग स्वरूप उपलब्ध गराइएको एनआरएनएले जनाएको छ। उनलाई काठमाडौँमा एनआरएनएका स्वयंसेवकले रिसिभ गरेका छन् ।

कुवेतमा कार्यरत नेपालीले भोग्नु परेका समस्या समाधानमा संयोजन तथा सहयोगी भूमिका खेल्दै आएको एनआरएनए कुवेतले कोरोना महामारीको समयमा पनि रोजगार गुमाएर नेपाल फर्कने चाहने नेपालीलाई हवाई टिकट, पीसीआर परीक्षणको प्रबन्ध मिलाएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ३५ बजे

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा