ज्योतिलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्व राष्ट्रिय पत्रकारिता पुरस्कार « Khabarhub

ज्योतिलाई क्यान्सर सचेतना तथा हिंसाविरुद्व राष्ट्रिय पत्रकारिता पुरस्कार


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं—यसवर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार चितवनकी पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिने भएको छ । राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार रुपैयाँ राशीको पुरस्कारका लागि यस वर्ष परेका आवेदक मध्येबाट नेपाल समय डटकममा कार्यरत चितवनकी पत्रकार अधिकारी छनोट भएकी हुन् ।

पुरस्कार वितरण कार्यक्रम फागुन ९ गते सोमबार बिहान ११ बजे कावासोती २ राधाचोकस्थित बस्याल निवासमा गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा हुने भएको फाउण्डेसनका अध्यक्ष प्रकाश बस्यालले जानकारी दिए । फाउण्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्ठमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।

वि.स २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी राधाले वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।

समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँ गाउँमा सचेतना अभियानसमेत चलाएकी थिइन । राधाको निधनपश्चात फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् । गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकमकी बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  २ : ३० बजे

मधेस सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम– मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२-८३

राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्ती

काठमाडौं– राष्ट्रिय विभूति भीमसेन थापाको २५२ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

भद्रपुर– जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ

‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’

जनकपुरधाम– नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कानुनको समुचित कार्यान्वयन

रुसी जोखिमबीच युक्रेनले बेलारुस सीमामा सुरक्षा कडा बनाउँदै

युक्रेन– रुसको सम्भावित सैन्य जोखिमलाई ध्यानमा राख्दै युक्रेनले बेलारुससँग जोडिएको