अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा « Khabarhub

अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ–कमल थापा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताएका छन् । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उनले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको जनाए ।

सो क्रममा उनले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताए । यस्तै उनले राष्ट्रवादी, सनातन धर्म र संस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई ढाल्ने बताए । सोही कार्यक्रममा उनले भने, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’

यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उनको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयालाई प्राथमिकतामा राख्ने उनले बताए । उनले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताए ।

उनले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताए । उनले भने, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्जल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उनले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उनले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : १६ बजे

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३’ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको

पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली मौलिक संस्कृति, परम्परा तथा

पर्वले विविधतामा एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्व तथा लोक परम्पराले समाजमा