शासक वर्गमा राणाकालीन र पञ्चायतकालीन सोच अझै हटेनः मुख्यमन्त्री राउत « Khabarhub

शासक वर्गमा राणाकालीन र पञ्चायतकालीन सोच अझै हटेनः मुख्यमन्त्री राउत


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शासक वर्गमा राणाकालीन र पञ्चायतकालीन सोच अझै हट्न नसकेको बताएका छन् ।

शनिबार ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जनकपुरधाममा भएको समारोहमा मुख्यमन्त्री राउतले देशमा शासन पद्धति परिवर्तनका लागि थुप्रै आन्दोलनहरू भए पनि शासक वर्गको सोचमा खासै परिवर्तन आउन नसकेको बताएका हुन् ।

अहिले पनि राणकालीन र पञ्चायतकालीन सोच विद्यमान रहेकाले जनताले परिवर्तनको अनुभूति गर्न नसकेको उनको भनाइ छ ।

यही सोचका कारण मधेश प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेकोसमेत उनले आरोप लगाए ।

देशमा प्रजातन्त्र ल्याउनका लागि संघर्ष गरेका योद्धाहरूलाई सम्झिँदै मुख्यमन्त्री राउतले जनताको चाहना पूरा भए मात्र प्रजातन्त्र दिवसले सार्थकता पाउने बताए ।

उनले जनताको चाहना पूरा गर्न सबै तहका सरकारले मिलेर काम गर्नुको विकल्प नरहेको पनि बताए ।

समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र, आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०६ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक