जनयुद्धका सहिदका नाममा उद्यान | Khabarhub Khabarhub

जनयुद्धका सहिदका नाममा उद्यान


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ–तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा यहाँ उद्यान निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा बन्ने सहिद उद्यानमा संरचना र पूर्वाधार निर्माणले गति लिएको हो ।

गयार त्यहीँ ठाउँ हो जसलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रुपमा प्रयोग गरेको थियो । विसं २०५८ मङ्सिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पर्यटनको नमूना योजनाका रुपमा सहिद उद्यानलाई अगाडि बढाइएको बताए । ‘यहाँका पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवद्र्धनका लागि रु १६ करोडको लागतमा डिपिआर तयार पारिएको छ, सहिद उद्यान पनि त्यसैमा पर्छ’, उनले भने, ‘उद्यान निर्माणमा रु चार÷पाँच करोड खर्च हुने आँकलन छ, यो गाउँपालिकाको बहुवर्षीय योजना हो ।’

यस वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट उद्यान विकासका लागि छुट्टाइएको रु १० लाख र जनश्रमदानसमेत गरी कूल रु ११ लाख १८ हजारको लागतमा पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष घर्तीले बताए ।

संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाले बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार २९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अन्य पूर्वाधार बन्न बाँकी नै छ ।

आर्थिक स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट पनि बजेट उपलब्ध गराउनपहल भइरहेको उनको भनाइ थियो ।

जनयुद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धमा जिल्लाकै बढी असर परेको ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् । ‘ताराखोलाका मात्रै नभएर अन्यत्र घर भएपनि यस ठाउँमा शहादत प्राप्त गरेका सहिदको पनि उद्यानमा सालिक रहन्छ’, अध्यक्ष घर्तीले भने । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । कुनैताका युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । शहीद उद्यान बन्दा त्यसले नयाँ पर्यटकीय आकर्षण बढ्ने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।

‘उद्यान निर्माणले सहिदको योगदानको स्मरण र सम्मान त हुने नै छ योसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुनेछ’, उनले भनिन्, ‘युद्ध पर्यटनका माध्यमबाट ताराखोलालाई चिनाउने हाम्रो उद्देश्य हो ।’

अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरु कैँयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । ती ठाउँको चिनारी र प्रवद्र्धनलाई पनि पर्यटन विकासको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा समावेश गरिएको छ । त्यसैमा वडा नं ५ को करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरिने, गाईघाट झरनाको सौन्दय बढाउने, हिले, भुस्कातलगायत पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडागरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

एनपीएल अक्सन : कुन फ्रेन्चाइजीले कुन–कुन खेलाडी किने ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन सम्पन्न भएको छ

खुर्कोटमा बेलिबृज जडान सुरु

काठमाडौं – सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय

काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्तर्गतका सरकारी मेडिकल

महिला टी–२० विश्वकप : भारतले पाकिस्तानलाई हरायो

काठमाडौं – आइसीसी महिला टी–२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित

एनपीएलमा विनोद भण्डारी सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विकेटकिपर ब्याट्सम्यान विनोद