जनयुद्धका सहिदका नाममा उद्यान « Khabarhub

जनयुद्धका सहिदका नाममा उद्यान


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बागलुङ–तत्कालीन माओवादी जनयुद्धमा जीवनोत्सर्ग गर्ने सहिदका नाममा यहाँ उद्यान निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका–२ अर्गल, गयारमा बन्ने सहिद उद्यानमा संरचना र पूर्वाधार निर्माणले गति लिएको हो ।

गयार त्यहीँ ठाउँ हो जसलाई युद्धताका माओवादी जनमुक्ति सेनाले तालिम केन्द्रका रुपमा प्रयोग गरेको थियो । विसं २०५८ मङ्सिरमा सरकारी सुरक्षा फौजले गयारमै तीन माओवादी समर्थकलाई एकसाथ हत्या गरेको थियो । गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले पर्यटनको नमूना योजनाका रुपमा सहिद उद्यानलाई अगाडि बढाइएको बताए । ‘यहाँका पर्यटकीय गन्तव्यस्थलको विकास र प्रवद्र्धनका लागि रु १६ करोडको लागतमा डिपिआर तयार पारिएको छ, सहिद उद्यान पनि त्यसैमा पर्छ’, उनले भने, ‘उद्यान निर्माणमा रु चार÷पाँच करोड खर्च हुने आँकलन छ, यो गाउँपालिकाको बहुवर्षीय योजना हो ।’

यस वर्ष गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालबाट उद्यान विकासका लागि छुट्टाइएको रु १० लाख र जनश्रमदानसमेत गरी कूल रु ११ लाख १८ हजारको लागतमा पदमार्ग, पोखरी र प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष घर्तीले बताए ।

संरचना बनाउँदा स्थानीय सीप र प्रविधिको प्रयोग गरिएको छ । पदमार्गमा गाउँकै ‘स्लेट’ ढुङ्गा राखिएको छ । प्रतिक्षालय काठ र ढुङ्गाले बनाइएको छ । लामीडाँडा सामुदायिक वन क्षेत्रको एक हजार २९१ वर्ग मिटर जमिनमा उद्यानका संरचना बनाइने गाउँपालिकाले जनाएको छ । उद्यानमा सहिदका सालिक स्थापना, बगैँचा, विश्रामस्थल, धारा, शौचालयसहित अन्य पूर्वाधार बन्न बाँकी नै छ ।

आर्थिक स्रोत जुटाएर जतिसक्दो चाँडो उद्यान निर्माणलाई पूर्णता दिने योजनामा गाउँपालिका छ । सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट पनि बजेट उपलब्ध गराउनपहल भइरहेको उनको भनाइ थियो ।

जनयुद्धका बेला ताराखोला क्षेत्रबाट सहिद बनेका २१ जनाको सालिक उद्यानमा राखिनेछ । ताराखोला जनयुद्धमा जिल्लाकै बढी असर परेको ठाउँ हो । त्यहाँका दुई जना अझै बेपत्ता छन् । ‘ताराखोलाका मात्रै नभएर अन्यत्र घर भएपनि यस ठाउँमा शहादत प्राप्त गरेका सहिदको पनि उद्यानमा सालिक रहन्छ’, अध्यक्ष घर्तीले भने । उद्यानमा युद्धकालीन समयलाई झल्काउने कलात्मक मूर्ति र नमूना युद्ध सामग्री पनि राखिने जनाइएको छ । कुनैताका युद्धमा हेलिएको गाउँलाई पर्यटनका माध्यमबाट चिनाउन सहिद उद्यानले सघाउने विश्वास लिइएको छ । शहीद उद्यान बन्दा त्यसले नयाँ पर्यटकीय आकर्षण बढ्ने गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।

‘उद्यान निर्माणले सहिदको योगदानको स्मरण र सम्मान त हुने नै छ योसँगै पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुनेछ’, उनले भनिन्, ‘युद्ध पर्यटनका माध्यमबाट ताराखोलालाई चिनाउने हाम्रो उद्देश्य हो ।’

अर्गलको गयारलाई मात्र नभएर ताराखोलाका अरु कैँयन क्षेत्रलाई पनि माओवादी कार्यकर्ता र जनमुक्ति सेनाले आश्रयस्थल बनाएका थिए । ती ठाउँको चिनारी र प्रवद्र्धनलाई पनि पर्यटन विकासको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा समावेश गरिएको छ । त्यसैमा वडा नं ५ को करिमेलालाई ‘ढुङ्गेनी गाउँ’का रुपमा विकास गरिने, गाईघाट झरनाको सौन्दय बढाउने, हिले, भुस्कातलगायत पर्यटकीय सम्भावनायुक्त स्थलमा पूर्वाधार खडागरी पर्यटन प्रवद्र्धन गर्ने योजना गाउँपालिकाको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ४ : ०० बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक