निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह « Khabarhub

निष्पक्ष रूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्ष रूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको आज उद्घाटन गर्दै उनले निर्वाचन निष्पक्ष गर्न कर्मचारी र प्रशासनले सघाउनुपर्ने बताए ।

एमाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न उनले निर्देशन दिए ।

उनले सत्ता गठबन्धनले एमसिसीबारे निर्णय गर्न नसक्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको जिकीर गरे ।

एमाले नेतृत्वको सरकारमा एमसिसी संसद्मा पेश गर्न खोज्दा नदिएको सुनाउँदै ओलीले भने, “हामीले सरकारमा रहँदा संसद्मा एमसिसी पेश गरौँ भनेका थियौँ, संसद्ले नै निर्णय गर्छ, संसद्मा हामीले छानेर पठाएका जनप्रनिधिले नै निर्णय गर्छन्, निर्णय गर्ने ठाउँमा त पुर्‍याइदिऔँ भन्दा उनीहरूले संसद्मा पुर्‍याउन दिएनन्, अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकेका छैनन् ।”

एमाले अध्यक्ष ओलीले एमालेका नेता, कार्यकर्तालाई झुक्याएर लाने गरेको बताउँदै पार्टी छाडेर गएकाहरूलाई एमालेमै फर्कनसमेत आह्वान गरे ।

चुनाव पछाडि धकल्न कोशिस गरे पनि आफ्नो पार्टीले निर्वाचन जित्ने दाबी गर्दै ओलीले भने, “जति नै चुनाव पछाडि सार्न खोजे पनि अबको एक वर्षभित्र हुने सङ्घीय संसद्को चुनावपछि एमालेले फेरि सरकार चलाउँछ ।”

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले भक्तपुरमा विकासले फड्को मारेको दाबी गरे ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  १० : ५९ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको