एमसीसीको किचलो मिलाउन आरजुको ‘इन्ट्री’ « Khabarhub

एमसीसीको किचलो मिलाउन आरजुको ‘इन्ट्री’


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमसीसीले तरंगित नेपाली राजनीतिक किचलो उत्कर्षमा पुगेका बेला बिहीबार राति बालकोटबाट एउटा तस्वीर आयो । जहाँ प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी ‘फस्र्ट लेडी’ आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओली छन् ।

फोटोमा देउवा र आरजुको बीच पर सोफामा आरामदायी रुपमा बसिरहेका ओली देखिन्छन् । उनी हाइसञ्चो छन् । संसद् अवरुद्ध गरेर सरकारलाई अफ्ठेरो पारेका छन् भने सत्ता गठबन्धनमा प्रचण्ड फ्याक्टरले देउवालाई आफ्नै ‘कोर्ट’मा आउनैपर्ने बाध्यतामा पारेका छन् ।

एमसीसी पारित गर्न कांग्रेसले चाहेको छ । एमाले साथ दिन पनि तयार देखिएको छ । माओवादी अध्यक्ष प्रचण्डले धोकाधडीको राजनीति गर्दा ओली र देउवालाई मिलाउन आरजुको सक्रियता बढेको बुझ्न गाह्रो छैन ।

खासगरी देउवाको ‘किचेन क्याबिनेट’ सम्हाल्दै आएकी आरजु यसपटक त्यसबाट बाहिर निस्केर एमसीसी पारित गर्ने दौडमा होमिएकी छन् । उसो त देउवाको मन्त्रिपरिषद्मा सरकारका गृहमन्त्रीभन्दा देउवा गृहमन्त्रालय बढी हाबी हुने गरेको चर्चा पनि यसअघिदेखि चल्दै आएको छ ।

सरकारका नियुक्तीदेखि महत्वपूणर् निणर्यमा आरजु निर्णायक हुने गरेको टिप्पणी पनि देउवाकै किचेन क्याबिनेटका व्यक्तिहरु बताउँछन् । यसपटक एमसीसीलाई लिएर देउवाको दौडधुप केवल चर्चामा सीमित छैन, सत्ता गठबन्धन कायम राख्ने वा गठबन्धन तोडेर भएपनि एमसीसी पारित गर्ने निर्णायक मोडमा छ ।

यो एक किसिमले देउवाको जटिल मोड हो । खासगरी सत्तामै बसेर देउवासँग प्रतिपक्षीको जस्तो दोहोरो भूमिका खेलिहरेका प्रचण्डसँग आरजु पनि रुष्ट देखिन्छिन् । बाहिर आफु हाबी भएको देखाउने तर भित्रभित्र समस्या पर्ने प्रचण्ड प्रवृत्तिविरुद्ध आरजु निर्णायक तबरमा छलफलमा उत्रिएको देखिन्छ ।

यदि आरजुको यही सक्रियता बढ्यो, प्रचण्ड र माधव नेपालको पुरानै दोहोरो चरित्र प्रस्तुत भइरहेर ओली एमसीसी पारित गर्न सहमत भए सत्ता गठबन्धनमा उथलपुथल ल्याउन ‘आरजु फ्याक्टर’ काफी हुने देखिन्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : १३ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर