इलाममा चुनावअघि स्थानीय तहका वडा विभाजन नहुने « Khabarhub

इलाममा चुनावअघि स्थानीय तहका वडा विभाजन नहुने


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामका तीन स्थानीय तहले गरेको वडा विभाजनको प्रस्ताव कार्यान्वयन नहुने भएको छ । स्थानीय तहले गरेको वडा विभाजनको प्रस्तावमा कुनै निर्णय नगरी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएकाले प्रस्तावहरू कार्यान्वयन नहुने भएका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष पहिले नै वडा विभाजनको निर्णय भइसक्नुपर्ने थियो ।

संघीय सरकारले स्थानीय तहले गरेको वडा विभाजन सम्बन्धी प्रस्तावमा टुङ्गो नलगाई चुनाव घोषणा गरेपछि वडा विभाजनसम्बन्धी प्रस्तावहरू अलपत्र परेका हुन् ।

इलामको इलाम नगरपालिका, सूर्याेदय नगरपालिका र माङसेबुङ्ग गाउँपालिकाले पालिकाको सभाबाट वडा विभाजन गर्ने प्रस्ताव गरेका थिए । पालिकाको सभाबाट पारित प्रस्ताव प्रदेश सरकार हुँदै संघीय सरकारसम्म पुग्छ ।

पालिकाको सभाबाट दुई तिहाई मतले पारित प्रस्ताव प्राप्त भएको छ महिना भित्रमा संघीय सरकारले निर्णय गर्नुपर्ने कानुनी प्रावधान छ । तर, पालिकाले प्रस्ताव पठाएको लामो समय बित्दासमेत कुनै निर्णय नगरी चुनाव घोषणा भएपछि वडा विभाजनको निर्णय चुनाव अघि नहुने निश्चित छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : २१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको