ए डिभिजन लिगः मछिन्द्रबाट थ्रीस्टार पराजित « Khabarhub

ए डिभिजन लिगः मछिन्द्रबाट थ्रीस्टार पराजित


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई कप्तान सुजल श्रेष्ठले सदुपयोग गरेपछि सहिद स्मारक ‘ए’ डिभिजन लिगको १२ औँ चरणअन्तर्गत शनिबार लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई १–० ले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सुजलको उक्त पेनाल्टी गोल नै मछिन्द्रको जितमा निर्णायक बन्यो ।

थ्री स्टारका जीवन गुरुङले अभिषेक गुरुङलाई पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि मछिन्द्रले इन्जुरी समयमा पेनाल्टी पाएको थियो । जसमा सुजलले कुनै गल्ती गरेनन् ।

त्यसअघि सुरुआती १० मिनेटसम्म दुवै टोलीले गोलका गतिला अवसर बनाउन सकेनन् ।

थ्री स्टारका रफाइल रिमले १७ औँ मिनेटमा प्रहार गरेको फ्रिकिक पोस्टको दिशा लिन सकेन ।

खेलको १९ औँ मिनेटमा थ्री स्टारका आयुश घलानले दिएको पासमा हेमन्त थापामगरले गरेको प्रहार विशाल श्रेष्ठले पन्च गरिदिए ।

मछिन्द्रका २२ औँ मिनेटमा उत्सव राईको कर्नरमा सोनम भुटियाले गरेको लोअर हेडरलाई थ्री स्टारका गोलकिपर प्रिसोले बाहिर फ्याकिदिए ।

मछिन्द्रका अभिषेक रिजालले २४ औँ मिनेटमा अग्रताको सुन्दर मौका खेर फाले । मछिन्द्रका डिफेन्डर रजिन धिमालको लामो प्रहारमा थ्री स्टारका निशान खड्का हेडमार्फत् गोलकिपरलाई दिएको ब्याक पास दिन्छन् । तर, त्यसलाई भेट्टाउँदै अभिषेकले प्रहार गरे पनि निशानले नै गोललाइनबाट क्लियर गर्दै थ्री स्टारको संकट टारेका थिए ।

इन्जुरी समयमा अभिषेक राईले गोलको अर्काे सुन्दर मौका खेर फाले । बुद्ध राईलाई उपलब्ध गराएको पासमा अभिषेकले थ्री स्टार गोलकिपरलाई वान भर्सेस वानको अवस्थामा बिट गर्न सकेनन् । त्यसअघि बुद्धलाई डिफेन्सबाट उत्सब राईले लामो पास दिएका थिए ।

थ्री स्टारका हेमन्त थापामगरले ४८ औँ मिनेटमा १८ बक्स बाहिरबाट गरेको फ्रिकिक प्रहार पोस्टको केही इन्चमाथिबाट बाहिरियो ।

थ्री स्टारका घनिफो रोमाहले ५१ औँ मिनेटमा १८ यार्ड बक्सबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

७४ औँ मिनेटमा आयुश घलानले क्रसलाई रितिक खड्काले फाइनल टच दिन सकेनन् ।

८८ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले मध्य मैदानबाट उपलब्ध गराएको पासमा गोलकिपरसँग वान भर्सेस वान रहँदा विजय भुजेलले बललाई पोस्टका दिशा दिन सकेनन् ।

तालिकामा १२ खेलबाट ३२ अंक जोडेर शीर्ष स्थानमा रहेको मछिन्द्रले अपराजित रहँदै लिगको उपाधि जितिसकेको छ ।

यस्तै, समान खेलबाट १८ अंक जोडेको थ्री स्टार तालिकाको चौथो स्थानमा यथावत् छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ७ : ३६ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्