राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए « Khabarhub

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ विद्यालय छानिए


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ६२ सामुदायिक विद्यालय छनोटमा परेका छन् ।

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका चार हजार १५७ सामुदायिक विद्यालय छनोट गर्दा खोटाङका ६२ विद्यालय परेका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयलाई शिक्षा विकास तथा समन्वय एकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न चारवटा कार्यक्रमका लागि ६२ विद्यालय छानिएको जनाइएको छ । जसमा आइसिटी ल्याब व्यवस्थापनका लागि २४ वटा चारकोठे भवन निर्माणका लागि १८ वटा, दुईकोठे भवन निर्माणका लागि १९ वटा र बाली विज्ञान विद्यालय स्थापनाका लागि एउटा विद्यालय छनोटमा परेको हो ।

जिल्लाबाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि सबैभन्दा बढी हलेसी तुवाचुङ नगरपालिकाका नौ सामुदायिक विद्यालय छानिएका छन् । यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, ऐसेलुखर्क, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका समान आठ–आठवटा, बराहपोखरी गाउँपालिकाका पाँचवटा, साकेला, जन्तेढुङ्गा, रावाबेँसी र केपिलासगढी गाउँपालिकाका समान चार–चारवटा विद्यालय छनोटमा परेका छन् ।

मन्त्रालयका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुईकोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु छ लाख ५० हजार, बाली विज्ञान विद्यालय स्थापना (नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान)का लागि रु २८ लाख चार हजार ५७० रकम उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले विसं २०७७ बाट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९० सामुदायिक विद्यालय सञ्चालित छन् । पछिल्लो समय जिल्लाका अधिकांश सामुदायिक विद्यालयले कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ३० बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको