एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र « Khabarhub

एमसीसीको विपक्षमा मतदान गर्न युवा संगठनको पत्र


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदलाई आग्रह गरेको छ । जिल्लाका सात जना सांसदलाई युवा संगठनले एमसीसीको विपक्षमा मतदान गर्न पत्र बुझाएको हो ।

एमसीसी राष्ट्रघाती रहेकाले विपक्षमा मतदान गर्न पत्रमा आग्रह गरिएको छ । रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण, विष्णुप्रसाद पौडेल, घनश्याम भूसाल, भरतकुमार शाह, छविलाल विश्वकर्मा, प्रमोद यादव र राष्ट्रिय सभा सदस्य राधा ज्ञवालीलाई पत्र बुझाइएको हो ।

युवा संगठन नेपालको केन्द्रीय कार्यक्रम अनुसार देशभरका संघीय प्रतिनिधि सभा सदस्यलाई इमेल गरेर, प्रत्यक्ष भेटेर र भेट नभएकाको हकमा घरपरिवारका सदस्यमार्फत एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न पत्र बुझाइएको युवा संगठनका अध्यक्ष पाटन जंगलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : ४५ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको