विभिन्न ८ संगठनको निष्कर्षः एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा « Khabarhub

विभिन्न ८ संगठनको निष्कर्षः एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ६ कम्युनिस्ट पार्टी र २ वटा मोर्चाले एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेको छ ।

आज नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अमेरिकी राजदूतको ट्वीट, चीनको विदेश विभागको पत्रकार सम्मेलनबाट व्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबल गरी पारित गराउने अन्तिम कसरतले उक्त कुराको पुष्टि गरेको उनीहरूको भनाइ छ ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, चित्रबहादुर के.सी. नेतृत्वको राष्ट्रिय जनमोर्चा, सी.पी. गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी जनताका संघर्षलाई व्यापकता प्रदान गर्नु आफूहरूको कर्तव्य भएको बताएका छन् ।

‘एमसीसी जुनसुकै मूल्यमा खारेज गरी राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा आफूलाई आन्दोलित गरिरहेका नेपाली जनताका अगाडि जनसंघर्षको कार्यक्रमलाई उच्चता र व्यापकता प्रदान गर्नु आफ्नो कर्तव्य हुन आएको छ’ ६ दल र २ मोर्चाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भोलि काठमाडौँ उपत्यकामा माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद् भवन घेराउ र देशव्यापी रूपमा सबै जिल्लामा व्यापक विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम तय भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ८ : २३ बजे

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।

२०८३ को पात्रोको गणना सम्बन्धी निर्णय यो साता हुँदै

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८३ को

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा