आज २०७८ साल चैत ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत ५ गते शनिबारको राशिफल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ५ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ चैत ५ गते शनिबार

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। कुरा काट्नेहरु बढ्नेछन्। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितिमा छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सोचेभन्दा राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। आज राजनीति, सामाजिक, आर्थिक, व्यापारिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा असफलता मिल्नेछ। अनावश्यक खर्च पनि बढ्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। कुरा काट्नेहरु बढ्नेछन्। यात्रा गर्दा सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ।

कर्कट : आजको दिन सामान्य छ। बोलीमा प्रभाव रहनेछ। राजनीति क्षेत्रमा धेरै राम्रो छ। खुट्टा तान्नेहरु धेरै छन्, सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। पारिवारिक साथ सहयोग मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। घमण्ड बढ्नाले साथीभाइसँगको सम्बन्धमा कटुता बढ्ने सम्भावना छ। राजनीति, सामाजिक, वैदेशिक, पारिवारिक क्षेत्रमा सामान्य रहेपनि श्रमबाट राम्रो परिणाम आउनेछ। प्रेममा धोका पाइनेछ।

कन्या : दिन निकै राम्रो छ। बोलीमा मिठास हुनेछ। आज थालेको कामले दीर्घकालीन फाइदा पाइनेछ।

तुला : दिन राम्रो छैन। बोलीका कारण अफ्टेरोमा परिनेछ। कुनै पनि नयाँ योजना नबनाउनुहोला। शिक्षाको क्षेत्रमा सक्रिय हुँदा मन शान्त हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शत्रु नाश हुनेछ। पठनपाठनमा मन जानेछ। यात्रा गर्दा ख्याल गर्नुहोला। बिहान गणेश भगवानलाई सम्झनुहोला।

धनु : दिन सामान्य राम्रो छ। मनमा शान्ति मिल्नेछ। मानसम्मान बढ्नेछ। अलमलमा रहेका कार्य सुचारु हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। आम्दानी राम्रो हुनेछ। सोचेर बोल्नुहोला, बोलीमा दोष लाग्नसक्छ। साथीभाइबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीले आम्दानी बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। देखेको कुरा भन्न पनि समस्या आइपर्नेछ। आजको दिन सम्पत्ति कमाउने भन्दा पनि जोगाउने प्रयासमा लाग्नुहोला। पुरानो रोग बल्झने भएकाले खानपाानमा ख्याल गर्नुहोला।

मिन : दिन धेरै राम्रो छ। रोकिएको कामहरु बन्नेछन्। रोग मुक्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धीबाटसमेत मानसम्मान पाइनेछ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै