आज २०७८ साल चैत ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०७८ साल चैत ५ गते शनिबारको राशिफल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल चैत ५ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

२०७८ चैत ५ गते शनिबार

मेष : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। कुरा काट्नेहरु बढ्नेछन्। राजनीति, सामाजिक, आर्थिक क्षेत्र यथास्थितिमा छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट सोचेभन्दा राम्रो नतिजा प्राप्त हुनेछ। प्रेममा सफलता मिल्नेछ।

वृष : दिन सामान्य राम्रो छ। आज राजनीति, सामाजिक, आर्थिक, व्यापारिक क्षेत्रमा धेरै राम्रो छ। प्रेममा असफलता मिल्नेछ। अनावश्यक खर्च पनि बढ्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। कुरा काट्नेहरु बढ्नेछन्। यात्रा गर्दा सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा मिल्नेछ।

कर्कट : आजको दिन सामान्य छ। बोलीमा प्रभाव रहनेछ। राजनीति क्षेत्रमा धेरै राम्रो छ। खुट्टा तान्नेहरु धेरै छन्, सचेत हुनुहोला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त हुनेछ। पारिवारिक साथ सहयोग मिल्नेछ।

सिंह : दिन सामान्य राम्रो छ। आयआर्जन बढ्नेछ। घमण्ड बढ्नाले साथीभाइसँगको सम्बन्धमा कटुता बढ्ने सम्भावना छ। राजनीति, सामाजिक, वैदेशिक, पारिवारिक क्षेत्रमा सामान्य रहेपनि श्रमबाट राम्रो परिणाम आउनेछ। प्रेममा धोका पाइनेछ।

कन्या : दिन निकै राम्रो छ। बोलीमा मिठास हुनेछ। आज थालेको कामले दीर्घकालीन फाइदा पाइनेछ।

तुला : दिन राम्रो छैन। बोलीका कारण अफ्टेरोमा परिनेछ। कुनै पनि नयाँ योजना नबनाउनुहोला। शिक्षाको क्षेत्रमा सक्रिय हुँदा मन शान्त हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। शत्रु नाश हुनेछ। पठनपाठनमा मन जानेछ। यात्रा गर्दा ख्याल गर्नुहोला। बिहान गणेश भगवानलाई सम्झनुहोला।

धनु : दिन सामान्य राम्रो छ। मनमा शान्ति मिल्नेछ। मानसम्मान बढ्नेछ। अलमलमा रहेका कार्य सुचारु हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मकर : दिन सामान्य राम्रो छ। आम्दानी राम्रो हुनेछ। सोचेर बोल्नुहोला, बोलीमा दोष लाग्नसक्छ। साथीभाइबाट सहयोग मिल्नेछ। वैदेशिक लगानीले आम्दानी बढ्नेछ।

कुम्भ : दिन सामान्य छ। देखेको कुरा भन्न पनि समस्या आइपर्नेछ। आजको दिन सम्पत्ति कमाउने भन्दा पनि जोगाउने प्रयासमा लाग्नुहोला। पुरानो रोग बल्झने भएकाले खानपाानमा ख्याल गर्नुहोला।

मिन : दिन धेरै राम्रो छ। रोकिएको कामहरु बन्नेछन्। रोग मुक्त हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धीबाटसमेत मानसम्मान पाइनेछ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ५ : २३ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस