मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’ « Khabarhub

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका-११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गरेका हुन् । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ ।

धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरपालिकाको रु १३ लाख, सेवक नेपालको रु १० लाख १० हजार १९ र जनश्रमदानबा रु चार लाख ६७ हजार ३१४ लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिए ।

धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताए । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गरे।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ६ : ४५ बजे

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी

प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन : ज्ञानेन्द्र शाही

बिर्तामोड (झापा) — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र

आगामी चुनावबाट देशले जित्नुपर्छ : अध्यक्ष लिङ्देन

 बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल