एमाले-कांग्रेसको भिडन्त हुन्छ : भानुभक्त ढकाल « Khabarhub

एमाले-कांग्रेसको भिडन्त हुन्छ : भानुभक्त ढकाल


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए। उनले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भने, ‘केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।’ अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ ।

स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए। निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उनले भने, ‘सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।’

सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले भने, ‘संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो ।’ नेकपा (एमाले) ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उनले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ११ : ३० बजे

रूसी आक्रमणको बीच युक्रेनमा भ्रष्टाचार बढ्दो

किएभ – युक्रेनको भ्रष्टाचार विरोधी निकायले सुरक्षा सेवाहरूले अधिकारीहरूलाई शनिबार

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको