गण्डकी प्रदेशमा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि « Khabarhub

गण्डकी प्रदेशमा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको हो ।

उनीहरुलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाइएको सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनले बताए ।

प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनु पर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाइएको हो ।

शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउन प्रतिनिधि खटाइएको बताए । ‘जनस्तरमा परिवर्तित कांग्रेसलाई पुर्‍याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर कांग्रेसका बारेमा भन्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा कांग्रेसले अगाडीको रणनीति तयार गर्छौं ।’

प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो। अन्ततः लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : १२ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको