गण्डकी प्रदेशमा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि « Khabarhub

गण्डकी प्रदेशमा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको हो ।

उनीहरुलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाइएको सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनले बताए ।

प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनु पर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाइएको हो ।

शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउन प्रतिनिधि खटाइएको बताए । ‘जनस्तरमा परिवर्तित कांग्रेसलाई पुर्‍याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर कांग्रेसका बारेमा भन्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा कांग्रेसले अगाडीको रणनीति तयार गर्छौं ।’

प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो। अन्ततः लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १२ : १२ बजे

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश

रास्वपा महाधिवेशन लम्बिँदा शनिबार पनि बोलाइयो संसद् बैठक

काठमाडौं– प्रतिनिधिसभाको बैठक शुक्रबार पनि सूचना टाँसेर स्थगित गरिएको छ

टिकटकसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गर्न ‘कन्टेन्ट क्रिएशन’ कार्यशाला सञ्चालन

काठमाडौं– टिकटकले पर्यटन बोर्डसँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर,

महामन्त्रीमा विपिनलाई अगाडि बढाउन गणेश, प्रमोद र कविन्द्रले हात उठाए

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तीनजनना नेताहरू महामन्त्रीको दौडबाट हटेका छन्।