दाङ-प्युठान सीमानामा बस दुर्घटना हुँदा एकको मृत्यु | Khabarhub Khabarhub

दाङ-प्युठान सीमानामा बस दुर्घटना हुँदा एकको मृत्यु


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङको सीमा क्षेत्र तथा प्युठानमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्युठानबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुवाहक बस दाङ–प्युठान सीमानामा क्षेत्रमा दुर्घटना भएको हो ।

प्युठानको माण्डवी गाउँपालिका–२ सेतो पहरनजिक दुर्घटना हुँदा एक बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । साथै १२ यात्रु घाइते भएका छन् । ना३ख ७१३२ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा कति यात्रु थिए अझै पत्ता लागेको छैन । घटनास्थलमा अहिले बंगलाचुली गाउँपालिका दाङका अध्यक्ष भक्तबहादुर वलीसहित स्थानीय उद्धारमा खटिएका छन् ।

दाङ प्युठान सिमाना नजिक भएको उक्त दुर्घटनाका घाइतेलाई अहिले स्थानीयले उद्धार गरी उपचारका लागि मुर्कुटी अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  २ : ४९ बजे

भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन्

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन

आज २०८२ साल साउन १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन