देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन « Khabarhub

देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– रामेछापको मन्थलीमा निर्माण भएको देशको दोश्रो ठूलो विद्युत् सबस्टेशनको उद्घाटन भएको छ ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्थली नगरपालिका–१३ को साँखेमा रहेको नयाँ खिम्ती सबस्टेशनको उद्घाटन गरेका हुन् ।

धनुषाको ढल्केवरस्थित सबस्टेशनपछिको ठूलो यो सबस्टेशन २२०/१३२ केभी क्षमताको हो ।

नयाँ खिम्ती सबस्टेशन देशको ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको एउटा मुख्य भाग हो ।

यो सबस्टेशनबाट करिब एक हजार २०० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ ।

२०७५ सालदेखि निर्माण सुरु भएको यो सबस्टेशनको निर्माण गत असारमा सम्पन्न भएको थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ४१ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्