सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त « Khabarhub

सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त


५ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमणदर ओरालो लाग्दै गएको छ । 

भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अन्य दिनहरुमा पनि सङ्क्रमितको सङ्ख्या पाँचभन्दा पनि कम रहेको छ ।  हप्ताको दोस्रो दिन सोमबार पाँच जनामा, मङ्गलबार र बुधबार एक/एकजनामा, बिहीबार दुईजनामा सङ्क्रमण पुष्टि भएको थियो ।  

    भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो ।  त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेको थियो ।  

    हाल भने सङ्क्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। उनले भने, “विश्वव्यापी रुपमा कोरोना भाइरस सङ्क्रमण घटेको छ, छिमेकी राष्ट्र भारतमा पनि सङ्क्रमणदर न्यून छ, त्यसकै प्रभाव सुदूरपश्चिममा पनि हो ।”

हाल सङ्क्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको उनले बताए । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ अनुसार सीमा नाकामा परीक्षण कार्य जारी राखिएको जनाइएको छ ।  जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकाहरुमा स्वास्थ्य चेकजाँचमा कडाइ नै गरिएको कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

सीमा नाकामा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षणको काम निरन्तर रुपमा भइरहेको छ ।  उनले भने, “अहिले न्यून मात्रामा सङ्क्रमण देखिएको भए पनि सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत  परीक्षणको काम भइरहेको छ ।” पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो  ।  

प्रदेशका तीन जिल्ला सङ्क्रमणमुक्त 

    कोरोना भाइरस सङ्क्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्लामा सङ्क्रमण शून्य रहेका छन् । प्रदेशका नौ जिल्लामध्ये डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोना भाइरस सङ्क्रमणका सक्रिय सङ्क्रमित नरहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।  

    प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी कैलालीमा २५, कञ्चनपुरमा नौ, बैतडीमा तीन, दार्चुला, डडेल्धुरा र बझाङमा एक/एकजना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमित मध्ये दुईजनाको सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेशन छन् ।  

    सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको हो ।  सङ्क्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको मृत्यु भइसकेको छ । 

    सङ्क्रमणदर कम भएको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले सबैमा आग्रह गरेको छ । सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोप अभियानलाई बढाइएको छ ।

 प्रदेशका सबै स्थानीय तहमा हाल कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा र ६ महिनापछि बुस्टर डोज दिइन लागिएको हो ।  यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ३ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्