सत्ता गठबन्धनको बैठक बस्दै : चुनावी तालमेलको सहमति आजै | Khabarhub Khabarhub

सत्ता गठबन्धनको बैठक बस्दै : चुनावी तालमेलको सहमति आजै


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो ।

सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ ।

महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सोमबार दुई चरणमा बसेको थियो । बैठक सहमति नजिक पुगेको बताइए पनि निर्णय सार्वजनिक भइसकेको छैन ।

बैठकमा वैशाख ३० गतेको स्थानीय तहको चुनावका लागि महानगर, उपमहानगर र नगरपालिकामा हुने तालमेलको मोडालिटी बने पनि त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको सञ्चारमन्त्री कार्कीले बताए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्नेछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : २४ बजे

‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

काठमाडौं – देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको

विश्वकप लिग-२ : आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपालले यूएईसँग

संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी दललाई ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव

काठमाडौं – ‘जेनजी’ प्रतिनिधि एवं अगुवाहरूले समयमै निर्वाचन सम्पन्न गर्ने

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक १३ गते बिहीबार। कात्तिक