मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो « Khabarhub

मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ।

सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले राससलाई जानकारी दिए।

पानी आएपछि राति वासिङ गर्ने च्यानलमा पानी देखिएको थियो। च्यानलमा पानी देखिएपछि मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको हो।

गत वर्ष असार १ गतेदेखि नै पानी बन्द गरिएको सुरुङको फोहर पखालेर पानी अहिले बागतीमा छोडिएको छ। मेलम्चीको पानी छोडेपछि वाग्मतीको बहाव केही बढेको देखिन्छ।

अहिले बागती धमिलो पानी बढेको स्थानीयवासी रामप्रसाद पुडासैनीले बताउनुभयो। गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो। क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो।

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्ने उनको भनाइ छ।

मेलम्चीको पानी सुन्दरीजल आएसँगै मंगलबार बिहान खानेपानी मन्त्री उमाकान्त चौधरीले अवलोकन गर्ने कार्यक्रम रहेको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : ५३ बजे

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको