इन्धनको खर्च खटौती गर्ने सरकारको निर्णय « Khabarhub

इन्धनको खर्च खटौती गर्ने सरकारको निर्णय


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धनको खर्च कटौती गर्ने निर्णय गरेको छ।

चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले जनाएको छ।
यो निर्णय विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन।

यसले इन्धनका लागि थप बजेट विनियोजन गर्न नपर्ने तथा प्रशासनिक खर्चमा सुधार हुने मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

निर्णय पालनाको अनुगमन सबै केन्द्रीय निकाय, सबै संवैधानिक निकाय, र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ।

निर्णय आगामी असार मसान्तसम्म लागू हुने पनि अर्थ मन्त्रालयले जनाएको छ। सरकारले इन्धन कटौती गरेर विद्युतीय उपकरणलाई प्राथमिकता दिनसमेत सबैलाई अनुरोध गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : १३ बजे

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको