निलम्बित गभर्नरले दायर गरेको रिटमाथि आज पहिलो सुनुवाइ हुँदै « Khabarhub

निलम्बित गभर्नरले दायर गरेको रिटमाथि आज पहिलो सुनुवाइ हुँदै


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुँदैछ।

अधिकारीले गत आइतबार (वैशाख ५ गते) दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो । अधिकारीको रिट निवेदनको पेशी मंगलबारका लागि तोकिएको छ ।

अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन् । सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई विभिन्न आरोप लगाउँदै निलम्बन गर्ने निर्णय गरेको थियो। अधिकारीलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई कार्यवाहक गभर्नरको अधिकार दिइएको छ ।

सरकारले स्वायत्त संस्था राष्ट्र बैंकमा हस्तक्षेप गरेको भन्दै कर्मचारी आन्दोलित छन् । अर्थमन्त्री शर्माले भने अधिकारी अनुशासनमा नबसेको र राष्ट्र बैंकका गोप्य सूचनाहरू मिडियामा दिने गरेको आरोप लगाएका थिए । अधिकारी नेपाल राष्ट्र बैंकका १७ औँ गभर्नर हुन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अधिकारीलाई २०७६ चैत्र २४ गते उनलाई नियुक्त गरेको थियो ।

सरकारले आफूलाई पूर्वाग्रह र गैरकानुनी रुपमा निलम्बन गर्ने निर्णय गरेको अधिकारीको दाबी छ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १० : २९ बजे

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको