युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप « Khabarhub

युक्रेनी पक्षले रुसी गाउँमा गोलाबारी गरेको क्षेत्रीय गभर्नरको आरोप


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी पक्षबाट भएको आक्रमणका क्रममा एक जना घाइते भएको रुसको बेलगोरोद क्षेत्रका गभर्नरले आरोप लगाएका छन् ।

युक्रेनी पक्षको गोलाबारीका क्रममा एक जना घाइते भएको बेलगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले सामाजिक सञ्जाल टेलिग्राममार्फत जनाएका हुन् ।

बेलगोरोद क्षेत्रको ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा युक्रेनी पक्षबाट गोलाबारी भएको उनको भनाइ छ । गोलाबारीबाट क्षति पुगेको बताएपनि उनले यसबारे विस्तृत जानकारी नदिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

‘युक्रेनी पक्षबाट ग्राइभोरोन्स्की जिल्लास्थित गोलोभचिन्को गाउँमा गोलाबारी भएको छ ।’ टेलिग्राममा उनले लेखेका छन्, ‘गोलाबारीबाट क्षति भएको छ । यसबारे विस्तृत सूचना म पछि दिनेछु ।’

केही समयअघि गभर्नर ग्लादकोभले युक्रेनी फौजले बेलगोरोद क्षेत्रमा रहेको तेल भण्डारणलाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका थिए । उक्त आक्रमणमा ८ जना घाइते भएको जनाइएको थियो ।

यद्यपि युक्रेनी पक्षले भने यस आक्रमणको जिम्मा लिन अस्वीकार गरेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ०० बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत