पुटिन भन्छन्– ‘पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध असफल भयो’ « Khabarhub

पुटिन भन्छन्– ‘पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध असफल भयो’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुसविरुद्ध लगाएका प्रतिबन्धहरू असफल भएको टिप्पणी गरेका छन् । मुलुकका शीर्ष अर्थ अधिकारीहरुसँगको छलफलका क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

पुटिनले पश्चिमा मुलुकले ‘वित्तीय–आर्थिक अवस्थालाई तुरुन्तै बिगार्ने, बजारमा आतंक मच्चाउने, बैंकिङ प्रणाली ध्वस्त पार्ने जस्ता अवस्थाको अपेक्षा गरेको’ टिप्पणी गरे । उनले पश्चिमा मुलुकले अवलम्बन गरेको ‘आर्थिक ब्लित्ज’ को रणनीति असफल भएको समेत बताए ।

दोश्रो विश्वयुद्धका बेला नाजी जर्मनीले अवलम्बन गरेको सैनिक रणनीतिलाई पश्चिमी विश्वमा ‘ब्लित्ज’ को संज्ञा दिइन्छ ।

उनले रुसमाथि लगाइएका प्रतिबन्धले ‘पश्चिमा मुलुककै अर्थतन्त्र धराशायी भएको समेत टिप्पणी गरेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेपछि पश्चिमा मुलुकहरुले रुसी आर्थिक प्रणालीलाई लक्षित गरी विशाल स्तरमा प्रतिबन्धहरुको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०० बजे

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः