विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन « Khabarhub

विनाशकारी बाढीपछि उद्धार कार्यका लागि दक्षिण अफ्रिकामा सेना परिचालन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारी वर्षा सँगैको बाढीका कारण व्यापक जनधनको क्षति भएपछि दक्षिण अफ्रिकाले उद्धार र राहत कार्यका लागि सेना परिचालन गरेको छ । दक्षिण अफ्रिकाको क्वाजुलु नटाल प्रान्तमा उद्धार तथा राहत कार्यका लागि दक्षिण अफ्रिकी फौज परिचालन गरिएको हो ।

दक्षिण अफ्रिकाको दक्षिण अफ्रिका राष्ट्रिय रक्षा बलले आफूहरुलाई यस कार्यका लागि १० हजार सैनिक परिचालन गर्न निर्देशन प्राप्त भएको बताएको छ ।

बीबीसीले जनाएअनुसार भारी वर्षापछिको बाढी र पहिरोमा परी हालसम्म ४ सय ४० भन्दा धेरैको ज्यान गइसकेको छ भने अरु दर्जनौं बेपत्ता छन् । प्रकोपको स्तरलाई मध्यनजर गर्दै दक्षिण अफ्रिका सरकारले राष्ट्रिय विपद्को घोषणा गरेको जनाइएको छ ।

सरकारी अधिकारीले यसलाई क्वाजुलु नटाल प्रान्तमा हालसम्मकै सबैभन्दा खराब प्रकोपको संज्ञा दिएका छन् । प्रान्तका प्रमुख शिहले जिकालालाले जानकारी दिएअनुसार ४ हजारभन्दा धेरै घट ध्वस्त भएका छन् भने अरु ८ हजार घरमा क्षति पुगेको छ ।

बाढीपछि दक्षिण अफ्रिकाका केही स्थानमा विद्युत, खानेपानी, औषधि, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव हुन थालेको बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ४२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध