भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह « Khabarhub

भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र चितवन कांग्रेसका सभापति राजेश्वर खनालबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारको विषयमा कुरा गर्न देउवाले खनाललाई बालुवाटार बोलाएका थिए । भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएको चितवन कांग्रेस सभापति खनालले जानकारी दिए ।

केन्द्रीय समितिको निर्णयलाई आफूले मान्ने तर कार्यकर्ताको भावना माओवादी केन्द्रलाई छाड्ने नरहेको आफूले देउवालाई बताएको खनालले जनाए ।

‘सत्ता गठबन्धनलाई निरन्तरता दिन भरतपुर माओवादीलाई छाड्नु पर्ने अवस्था आएको कुरा उहाँले भन्नुभयो,’ उनले भने, ‘मैंले चाहिं कार्यकर्ताको भावना यस्तो छैन । मैंले केन्द्रीय समितिको निर्णय मानौँला, कार्यकर्तालाई मनाउन मैंले सक्दिन, तपाईंले नै मनाउनुस् भनेको छु ।’

देउवाले भरतपुरको मेयरमा माओवादीलाई सहयोग गर्न खनाललाई आग्रह पनि गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु महानगरभन्दा भरतपुर नै सजिलो हुने बताएकाले भरतपुर नै छाड्ने निर्णयमा देउवा पुगेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रलाई सहयोग गरेको थियो । मेयरमा माओवादी केन्द्रबाट रेणु दाहाल विजयी भएकी थिइन् ।

त्यसपछि भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर, पाण्डे निर्वाचित हुन सकेनन् । वाम गठबन्धनका उम्मेदवार प्रचण्ड विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : २४ बजे

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क