अमेरिकाका ५ जनप्रतिनिधि नेपाल आउँदै « Khabarhub

अमेरिकाका ५ जनप्रतिनिधि नेपाल आउँदै


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी कांग्रेसका ५ सदस्यले नेपालको भ्रमण गर्ने भएका छन् । अमेरिकाको राजधानी वाशिंटन डिसीबाट प्रकाशित हुने द हिल अनलाइनका अनुसार नेपाल आउन लागेका सबै जनप्रतिनिधि अमेरिकाको सत्तारुढ डेमोक्र्याटिक पार्टीका सदस्यहरु हुन् ।

द हिलका अनुसार नेपाल आउन लागेका अमेरिकी कांग्रेसका सदस्यहरुमा एरिजोना राज्यका सिनेटर मार्क केली, न्यूयोर्क राज्यकी सिनेटरी किर्स्टेन जिलिब्राण्ड, न्यू जर्सी राज्यका सिनेटर कोरी बुकर, मासाचुसेट्स राज्यका सिनेटर एड मार्की र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा न्यू योर्क राज्यको प्रतिनिधित्व गर्ने हाउस सदस्य मोन्डिएर जोन्स छन् ।

उनीहरुको टोलीले नेपालसहित भारत, जर्मनी, पोल्याण्ड र संयुक्त अरब इमिरेट्स युएईको पनि भ्रमण गर्ने द हिलले जनाएको छ ।

विश्वको राजनीतिक एवम् रणनीतिक अवस्था अस्थिर रहेका बेला सम्बन्ध सुधारको प्रयत्नस्वरुप अमेरिकी प्रतिनिधिको टोली विदेश भ्रमणमा निस्केको जनाइएको छ । नौ दिने भ्रमणको तालिका भने सुरक्षाका कारण देखाउँदै सार्वजनिक गरिएको छैन ।

नेपाल एसियाली मुलुकहरुमा युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्ने थोरै मुलुकहरुमध्ये एक रहेकाले अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणका क्रममा यसबारे पनि छलफल हुनसक्ने द हिलले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ५७ बजे

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै

गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी

गाजा– मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले कब्जा गरिएको

चुनावको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा

विमानस्थलमा सुन तस्करझैँ चेकिङ गरे, माथिको आदेश भन्दै हेपे : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि सुन तस्करझैँ

उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा अध्ययन–अनुसन्धानको