उम्मेदवारीकै दिन नेकपा एसका उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने « Khabarhub

उम्मेदवारीकै दिन नेकपा एसका उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्ने


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेले सोही दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन् ।

नेकपा एसले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा यो कुरा उल्लेख गरेको छ । भ्रष्टाचारमुक्त स्थानीय सरकार बनाउन उक्त प्रावधान राखिएको नेकपा एसले जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दाखिला गरेकै दिन हाम्रा उम्मेदवारहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन्,’ नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।

भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनिसकेको जनाउँदै घोषणापत्रमा नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्न अभियान सञ्चालन गरिने जनाइएको छ ।

‘स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरूले निर्वाचित हुनुअघि कुनै कारोवार वा व्यवसाय गरेका रहेछन् र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो  कार्यकालभरि आफूलाई सो व्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्,’ घोषणापत्रमा लेखिएको छ ।

नेकपा एसका जनप्रतिनिधिले आफ्नो कुनै पनि रूपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडामा लिने गरी परिचालित नगर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ति गर्ने खालका आर्थिक स्वार्थका काममा समेत जनप्रतिनिधिलाई सामेल नगराउने प्रतिवद्धता नेकपा एसले गरेको छ ।

‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन्,’ नेकपा एसले भनेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ५ : ०८ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई