काठमाडौँ- सत्तारुढ दलहरू महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन् ।
आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सहमति जुटेको हो ।
सहमतिअनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भागमा परेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगर महानगरपालिका परेका छन् । त्यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको भागमा पोखरा र जनता समाजवादी पार्टीको भागमा वीरगन्ज महानगरपालिका परेका छन् ।
भागबण्डा मिलाउन सोमबारदेखि गठबन्धन दलको बैठक बस्दै आएको थियो । आजको बैठकमा भने नेताहरू भागबण्डा मिलाउन सफल भएका हुन् ।
प्रतिक्रिया