काठमाडौंमा बालेनको अग्रता कायमै, २० हजार मत कटाए | Khabarhub Khabarhub

काठमाडौंमा बालेनको अग्रता कायमै, २० हजार मत कटाए


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकामा मेयर पदको उम्मेदवारी दिएका बालेन्द्र साहले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।

लौरो चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको मेयर पदका लागि चुनाव लडेका स्वतन्त्र उम्मेद्वार बालेन साहको मत २० हजार २६ पुगेको छ ।

यस्तै पछिल्लो मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १० हजार ३३८ मत ल्याएका छन्।

तेस्रो स्थानमा भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् । त्यसै गरी उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् ।

पछिल्लो अपडेट अनुसार बालेनले चर्चामा रहेकी नेकपा एमालेकी उपप्रमुखमा उम्मेदवारी दिएकी सुनिताले भन्दा बढी मत लिएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ३४ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक