हलेसी तुवाचुङको मेयरमा कांग्रेसकी विमला र उपमयेरमा रमेश विजयी  « Khabarhub

हलेसी तुवाचुङको मेयरमा कांग्रेसकी विमला र उपमयेरमा रमेश विजयी 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् ।

बुधबार राति सार्वजनिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् । मेयरका लागि विमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपल्ट मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईबाटपछि पारिएका थिए ।

उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन् । राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् । मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो । तालमेल भए पनि माओवादी केन्द्रकी मेयरका उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन् ।

११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कांग्रेसका कमल गिरी, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा कांग्रेसका टेकराज राई, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा कांग्रेसका काशीराज राई, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा एमालेका अनिश कार्की विजयी भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : २९ बजे

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई

इञ्जिनियरको भूमिकामा पूर्वाधार विकास र गुणस्तर निर्भर रहन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रको समृद्धि, पूर्वाधार

जन्तर-मन्तरमा कक्रोचको प्रदर्शन : विद्यार्थीविरुद्ध मुद्दा नचलाइने, २७ सयभन्दा बढीको जाहेरी यथावत

नयाँदिल्ली- भारत सरकारले नीट (नीट) प्रश्नपत्र चुहावट प्रकरणको विरोधमा प्रदर्शन

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको