५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ? « Khabarhub

५२९ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति जिते ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५२९ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २३६ पालिकामा विजयी भएको छ। परिणाम घोषणा भएकामध्ये कांग्रेसले ४४ प्रतिशत स्थानीय तहमो जित दर्ता गरेको हो।

कांग्रेसले अहिलेसम्म २३९ प्रमुख पदमा विजयी हुँदा २२० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ८० स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ७५ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५० पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६१ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४२ र उपप्रमुख पदमा ७१ स्थानीय तहमा अगाडि छ।

नेपाली कांग्रेससँग गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने १०६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १८ प्रमुख र २१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

अन्य दलमध्ये नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जितेको छ भने ६ वटामा स्वतन्त्रले जितेका छन्।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ६ : ४५ बजे

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौं : मन्त्री कुलमान घिसिङ

कञ्चनपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थ मन्त्रालयको प्रष्टोक्ति

काठमाडौं– अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा

पहिलो पाँच महिनामा बागमतीको पुँजीगत खर्च ४.४७ प्रतिशत

बागमती– बागमती प्रदेशले चालु आर्थिक वर्ष (आव)को प्रथम पाँच महिनामा

‘पिकअप भ्यान’ सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज– एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा

एमाले महाधिवेशन : सुरु भयो मतदान

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि