सेनाको उपस्थितिपछि तिलोत्तमा मतगणना पुनः सुरु « Khabarhub

सेनाको उपस्थितिपछि तिलोत्तमा मतगणना पुनः सुरु


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सेनाको उपस्थिति र सुरक्षा सहजतापछि तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातदेखि पुनः सुरु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए ।

सर्वदलीय सहमतिपछि बुधबार राति ९ बजेदेखि मतगणना सुचारु हुने भनिएकोमा सरकारी विद्यालयका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएपछि करिब तीन घण्टा मतगणना कार्य अवरुद्ध भएको थियो ।

एमालेले सुरक्षाको माग गर्दै सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोही अनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना सुचारु गरेको हो ।

यसअघि मतगणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले अवरोध गरेको मतगणना कार्य सर्वदलीय सहमतिपछि बुधबार राति  गणना सुरु हुनै लाग्दा फेरि विवाद सिर्जना भएपछि रोकिएको थियो ।

मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना पुनः गरेर मतगणना कार्यलाई अगाडि बढाउन निर्वाचन आयोगले दिएको निर्देशन र  सर्वदलीय बैठकले गरेको निर्णयले बुधबार राति ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधीबीच कुटाकुटको स्थिति बनेको थियो ।

मतगणनाको पछिल्लो विवरण अनुसार मेयर कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले ३ हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले ३ हजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । उनका सहोदर भाई रामकृष्ण खाण गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार छन् । खाण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ५० बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित