सेनाको उपस्थितिपछि तिलोत्तमा मतगणना पुनः सुरु « Khabarhub

सेनाको उपस्थितिपछि तिलोत्तमा मतगणना पुनः सुरु


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – सेनाको उपस्थिति र सुरक्षा सहजतापछि तिलोत्तमा नगरपालिकामा मतगणना मध्यरातदेखि पुनः सुरु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मतगणनास्थलको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाएर मतगणना सुरु गरिएको बताए ।

सर्वदलीय सहमतिपछि बुधबार राति ९ बजेदेखि मतगणना सुचारु हुने भनिएकोमा सरकारी विद्यालयका प्रधानाध्यापक दलीय प्रतिनिधि बनेर मतगणनास्थलमा गएपछि करिब तीन घण्टा मतगणना कार्य अवरुद्ध भएको थियो ।

एमालेले सुरक्षाको माग गर्दै सेनाको उपस्थितिमा मात्रै मतगणना अघि बढाउन माग गरेको थियो । सोही अनुरुप सेनाको उपस्थितिमा निर्वाचन अधिकृतको कार्यालयले रोकिएको मतगणना सुचारु गरेको हो ।

यसअघि मतगणनाको क्रममा निर्वाचन कार्यालयका कर्मचारीले गणना भएभन्दा फरक मत टिपोट गरेको भन्दै नेपाली कांग्रेसले अवरोध गरेको मतगणना कार्य सर्वदलीय सहमतिपछि बुधबार राति  गणना सुरु हुनै लाग्दा फेरि विवाद सिर्जना भएपछि रोकिएको थियो ।

मत फरक परेका वडा नम्बर २ र १६ को मतगणना पुनः गरेर मतगणना कार्यलाई अगाडि बढाउन निर्वाचन आयोगले दिएको निर्देशन र  सर्वदलीय बैठकले गरेको निर्णयले बुधबार राति ९ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी भइरहेकै बेला मतगणनाका लागि पुगेका दलका प्रतिनिधीबीच कुटाकुटको स्थिति बनेको थियो ।

मतगणनाको पछिल्लो विवरण अनुसार मेयर कांग्रेस र माओवादी गठबन्धनका रामकृष्ण खाणले ३ हजार ८२८ मत प्राप्त गरेका छन् भने एमालेका मोहन चापागाईंले ३ हजार ६२१ मतका साथ पछ्याइरहेका छन् ।

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाणको गृहनगर हो । उनका सहोदर भाई रामकृष्ण खाण गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार छन् । खाण यसअघिको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग नगरप्रमुखमा पराजित भएका थिए ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ५० बजे

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ– मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी

निर्वाचन सफल गराउन सबैले सहयोग गर्नुपर्छ : चिरीबाबु महर्जन

काठमाडौं– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन

सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले काम गरिरहेको छ :  प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र निर्वाचनमा केन्द्रित भएर सरकारले

तस्बिरमा हेर्नुहोस्, ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

काठमाडौं– ललितपुर महानगरपालिकाले बुधबार आफ्नो १०७ औँ स्थापना दिवस मनाएको

कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

एजेन्सी– कम्बोडियाले सिमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको