युगान्डाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल, आज जित्नै पर्ने दबाबमा « Khabarhub

युगान्डाविरुद्ध तेस्रो खेल खेल्दै नेपाल, आज जित्नै पर्ने दबाबमा


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युगान्डाविरुद्धको तेस्रो टी २० खेलका लागि बिहीबार मैदान उत्रँदा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली जितसहित शृंखलामा पुनरागमनको सम्भावना कायम राख्न चाहन्छ ।

खेल दिउँसो १ बजेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । यसअघि सोमबार र मंगलबार सम्पन्न पहिलो तथा दोस्रो खेलमा नेपालले युगान्डालाई क्रमशः १२ रन र एक विकेटको नतिजा सुम्पिएको थियो ।

पाँच खेलको शृंखलामा युगान्डा २-० ले अघि छ । आजको खेलमा पनि नतिजा सुम्पिएमा नेपालले दुई खेल अगावै शृंखला गुमाउने छ ।

नेपालले पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी- २० ट्वान्टी शृंखला खेलेको हो ।

पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शनका बाबजुद ब्याटिङमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल युगान्डालाई नतिजा सुम्पिन बाध्य भएको थियो ।

जितका लागि एक सय तीन रनको लक्ष्य पछ्याएको नेपाल मात्र ९२ रनमा सीमित भएको थियो ।

दोस्रो खेलमा नेपालले युगान्डालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा पनि ब्याटिङमा सोचेअनुरुपको प्रदर्शन हुन सकेको थिएन ।

अन्तिम केही ओभरमा लगातार युगान्डाको विकेट लिँदै जित नजिक पुगे पनि खराब फिल्डिङका कारण नेपाल निराश बनेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : १२ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला