भद्रपुरको मेयरमा कांग्रेस, उपमेयरमा राप्रपा विजयी « Khabarhub

भद्रपुरको मेयरमा कांग्रेस, उपमेयरमा राप्रपा विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गणेश पोखरेल र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार पोखरेलले १२ हजार ५२५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का असारु राजवंशीले नौ हजार ७५९ मत पाए । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरे ।

उपमेयरमा राप्रपाकी कार्की नौ हजार २३० मत प्राप्त गरी विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत प्राप्त गरे ।

भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजबादीबीच चुनावी गठबन्धन भएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : ५४ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला