धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा निर्वाचित « Khabarhub

धनुषाको कमलामा कांग्रेस, मुखियापट्टीमा जसपा निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ । मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएका छन् । विशेश्वरले तीन हजार ८८७ तथा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा तीन हजार ८८७ मतसहित कांग्रेसका शिलादेवी मण्डल विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गरे ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा सैदा खातुन निर्वाचित भएको निर्वाचन अधिकृत निरज पोखरेलले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ४१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबाबु यादवले दुई हजार ४५५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा खातुनले चार हजार ४१४ मत ल्याएर निर्वाचित हुदाँ कांग्रेसकी अनिता कुमारीले तीन हजार १५२ मतमा प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १० : ३० बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला