वेदकोट नगरप्रमुखमा कांग्रेसका बोहरा निर्वाचित « Khabarhub

वेदकोट नगरप्रमुखमा कांग्रेसका बोहरा निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर -कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन् ।

गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । बोहराले आठ हजार ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गरे ।

निर्वाचित बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा नेकपा (एमाले)का अशोककुमार चन्दसित पराजित भएका थिए। कांग्रेसका पूर्व जिल्ला सचिवसमेत रहेका बोहरा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी सो नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै तुलसी जोशी सात हजार २५४ मत ल्याएर निर्वाचित भइन् । नेकपा (एमाले)की पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरे।

दश वटामध्ये वेदकोटमा कांग्रेसले पाँच वडाध्यक्षसमेत जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख÷उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : २६ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी