वेदकोट नगरप्रमुखमा कांग्रेसका बोहरा निर्वाचित « Khabarhub

वेदकोट नगरप्रमुखमा कांग्रेसका बोहरा निर्वाचित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर -कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन् ।

गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा नगरप्रमुखमा निर्वाचित भएका हुन् । बोहराले आठ हजार ७८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गरे ।

निर्वाचित बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा नेकपा (एमाले)का अशोककुमार चन्दसित पराजित भएका थिए। कांग्रेसका पूर्व जिल्ला सचिवसमेत रहेका बोहरा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी सो नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै तुलसी जोशी सात हजार २५४ मत ल्याएर निर्वाचित भइन् । नेकपा (एमाले)की पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरे।

दश वटामध्ये वेदकोटमा कांग्रेसले पाँच वडाध्यक्षसमेत जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख÷उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : २६ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला