सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी « Khabarhub

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन्।

गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरे । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरे भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरे ।

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ । गठबन्धनबाट कांग्रेसले १, २, ३ र ४ नंम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ । गठबन्धनलाई पराजित गर्दै वडा नं. ७ मा एमाले विजयी भएको छ । विसं २०७४ मा एमालेले तीन, कांग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ११ : ५७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी