जाजरकोटमा कुटपिटबाट एक जनाको मृत्यु  « Khabarhub

जाजरकोटमा कुटपिटबाट एक जनाको मृत्यु 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जुनीचाँदे गाउँपालिका–९ धडगाँउ बस्ने ३६ वर्षीय रेशम बहादुर खड्काको भलिबल खेल्ने क्रममा कुटपिट हुँदा बुधबार मृत्यु भएको छ । 

रेशम बहादुर, सोही ठाउँ बस्ने बिर्ख बहादुर खड्का र चक्र बहादुर खड्कालाई मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने नरेन्द्र बस्नेत लगायत ४ जनाले कुटपिट गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट रेशम बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय पञ्चलादहबाट खटिएको प्रहरीले उपचारको लागि सुर्खेततर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

बस्नेत लगायत ५ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : ५० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी