५५५ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ? | Khabarhub Khabarhub

५५५ पालिकाको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ?


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ। अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ५५५ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा कांग्रेस पहिलो स्थानमा छ।

नेपाली कांग्रेस २४८ पालिकामा विजयी भएको छ। कांग्रेसले अहिलेसम्म २३४० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ६४ स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ५६ स्थानमा अगाडि छ।

अघिल्लो चुनावमा पहिलो स्थान हासिल गरेको नेकपा एमाले भने दोस्रो स्थानमा छ। एमालेले १५७ पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६६ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४४ र उपप्रमुख पदमा ६८ स्थानीय तहमा अगाडि छ।

नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने ११६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १३ प्रमुख र ३१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा २० स्थानमा जित हात पारेको छ । एकीकृत समाजवादी, राप्रपा, लोसपालयातकाका दलले २८ स्थानमा जित हात पारेका छन्।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  १२ : ३८ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको