ओटीटी विकेन्ड : आरआरआर र जर्सी रिलिज हुँदै  | Khabarhub Khabarhub

ओटीटी विकेन्ड : आरआरआर र जर्सी रिलिज हुँदै 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय हलमा आएको कन्टेन ओटीटीमा सजिलै आउने गरेका छन् । 

हलमा रिलिज भएको केही  समय पश्चात नै वा सिधै ओटीटीको माध्यममा फिल्म आउने क्रम बढ्दो छ । यसैले गर्दा पनि ठिकै फिल्मले हलमा खासै दर्शक पाउने गरेका छैनन् । फिल्मले ‘वर्ड अफ माउथ’ राम्रो नपाउँदा दर्शकहरू ओटीटीकै प्रतीक्षामा रहने गरेका छन् । उनीहरूले आफ्नो समय र पैसा खर्च गर्न निकै सोच्ने गरेका छन् ।

साथै, हलमा राम्रो प्रतिक्रिया पाएको फिल्मले ओटीटीमा पनि राम्रो दर्शक पाउने गरेको छ । यो विकेन्डमा ओटीटी प्रदायक नेटफ्लिक्समा प्रतीक्षित फिल्म ‘आरआरआर’ र हलमा फ्लप भएको फिल्म ‘जर्सी’ आउँदैछ । यी फिल्म धेरै दर्शकको ‘वाच लिस्ट’ मा छ । 

आरआरआर 

यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ । निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत  ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् ।

यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । फिल्म आरआरआर चर्चाकै बीच ओटीटी जयन्ट नेटफ्लिक्समा आउने भएको छ । फिल्मलाई जुन २ मा ल्याउने तयारी गरिएता पनि अन्तत दर्शकको अनुरोधमा मे २० मै ल्याउन लागिएको नेटफ्लिक्स इन्डियाले जनाएको छ । केही दिन अगाडि मात्र जुन २ मा ल्याउने भनिएको फिल्म अन्ततः मे २० मै आउने भएको हो । 

स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । 

जर्सी 

फिल्म ‘कबीर सिंह’ पश्चात शाहिद कपूरले आफ्नो स्टारडम फर्काउन सफल भए । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाए । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण पनि शाहिदको चर्चा बढ्यो । कबीर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । कुनै समयमा कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबीर सिंह पाए । त्यसपछि रिलिज भएको उनको फिल्म हो ‘जर्सी’। यो फिल्म तेलुगु फिल्म जर्सी’ कै रिमेक हो । 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन तलवार (शाहिद कपुर) नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । कथा यही हो । यसैलाई पटकथा दिएर तयार गरिएको छ जर्सी । फिल्ममा शाहिदसँगै मृणाल ठाकुर र पंकज कपूरको पनि अभिनय रहेको छ ।

फिल्मलाई तेलुगु फिल्मकै निर्देशक गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । तेलुगु फिल्मलाई बलिउड शैलीमा स्क्रिनप्ले तयार गरेकोले पनि यो फिल्मले दर्शकको माया पाउन सकेन । अन्ततः फिल्म ओटीटी प्लेटफर्ममा उपलब्ध हुने भएको छ । 

फिल्मलाई आउँदो २० मे बाट नेटफ्लिक्समा हेर्न सकिनेछ । नेटफ्लिक्सले फिल्म उपलब्ध हुने जानकारी सोसल मिडिया मार्फत दिइरहेको छ । हलमा फ्लप भएको फिल्मले ओटीटीमा कस्तो रेस्पोन्स पाउने हो रु यो भने हेर्न बाँकी छ ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ५ : ५२ बजे

आर्थिक सुधारलाई उच्च महत्व दिनेछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई

संसद्‍मा बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

काठमाडौं– बर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको

निवर्तमान गभर्नर अधिकारीविरुद्ध रिटको पेसी न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले